भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जन्मोत्सवलाई भारतीय जनता पार्टी (भाजपा)ले विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ । मोदीको जन्मदिन पर्ने सेप्टेम्बर १७ तारिखलाई ‘सेवा दिवस’का रुपमा भारतभरी नै मनाउने तयारी गरिएको भारतिय मिडियाहरु मा समाचार छ । उहाँको जन्मोत्सवका अवसरमा पार्टी नेताहरूले सरसफाई, रक्तदानलगायतका विभिन्न सामाजिक सेवाका कार्यक्रमहरूको आयोजना गरेका छन् । प्रधानमन्त्री मोदीले…