काठमाडौं । नेकपा ९एमाले० की सांसद सुमित्रा विसीले भदौ २३ र २४ गते भएको आन्दोलनलाई दुई दृष्टिकोणबाट हेर्नुपर्ने बताएकी छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले वर्तमान परिस्थितिबारे सबै जानकार रहेको उल्लेख गर्दै, सुशासन र भ्रष्टाचारविरुद्ध युवाहरूले उठाएको आवाज आफूहरूले पनि निरन्तर उठाउँदै आएको विषय भएको बताइन् । आन्दोलन शान्तिपूर्ण हुने अपेक्षा गरिए पनि…