साफ उपविजेता खेलाडीहरूलाई सरकारले जनही ५ लाख दिने

मादिल्दभ्सको मालेमा सम्पन्न साफ च्याम्पियनसिपमा पहिलोपटक उपविजेता बनेर फर्केको नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारले जनही पाँच लाख नगद पुरस्कार दिने भएको छ । आजब बसेको मन्त्रिपरिषद्को बैठकले फुटबल टोलीलाई नगद पुरस्कार दिने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाकारी दिए ।नेपाली टोलीका खेलाडीलाई जनही पाँच लाख र प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई ३ लाख…