निषेधाज्ञाकै अवधिमा सत्तारुढ दल नेकपा एमालेकै नेताले, जिल्लाको ग्रामीण भेगमा चुनावको तयारी भन्दै कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम गर्न थालेका छन् । निषेधाज्ञाको समयमा सत्तारुढ दलका नेताले कार्यक्रम गर्दा प्रशासन भने मुकदर्शक बनेको छ । एमालेका नेता एवम् पूर्वसांसद राजकुमार गुप्ताले निषेधाज्ञाको उल्लंघन गरेर विगत ३ दिनयता आफनो निर्वाचन क्षेत्रमा चुनावको तयारी भन्दै कार्यकर्ता…