कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले कानून व्यवसायीहरुलाई गरेको टिप्पणिप्रती आक्रोश पोखेका छन ।प्रधानमन्त्री ओलीले सोमबार युवा संघको कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै कालोकोट धारी अराजक झुण्ड भन्दै कानून व्यवसायीहरुमाथी अभद्र भाषा प्रयोग गरेका थिए । कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले कानून व्यवसायीहरुमाथि गरेको मानमर्दन हारेको मानसिकताको उपज भएको टिप्पणी गरेका छन्…