महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफुले प्रतिनिधिसभा विघटनको बचाउ गर्ने बताएका छन ।सोमबार संसद् विघटनविरुद्धको रिटमा सरकारी पक्षको तर्फबाट बहस गर्दै उनले भने, ‘सरकारको प्रतिरक्षा गर्ने दायित्व महान्यायाधिवक्ताको संवैधानिक दायित्व हो । यो भूमिका मैले निभाउनुपर्छ, संवैधानिक दायित्वबाट पन्छिन मिल्दैन ।’ खरेल संविधान मस्यौदा समितिमा विज्ञ सदस्यका रुपमा काम गरेका व्यक्ति हुन् । उनले विगतमा बहुमतप्राप्त प्रधानमन्त्रीले…