सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूस मागेको अडियो सार्वजनिक

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्वीस कम्पनीको एजेन्टसँग  ७० करोड घूस मागेको अडियो बुधबार बेलुका सार्वजनिक भएको छ । स्वीस कम्पनीका नेपाल प्रतिनिधि विजय प्रकाश मिश्रसँगको कुराकानीमा मन्त्री बाँस्कोटाले ७० करोड घूस मागेका छन् । मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको…