पैँतालीस बुँदे घोषणापत्र जारी गर्दै महाभेला सम्पन्न

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुरु भएको पाँचदिने १२औँ मानव अधिकार राष्ट्रिय मानव भेला पैँतालीस बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । घोषणापत्रमा बलात्कार, बलात्कारपछिको हत्या, बालविवाह, अनमेल विवाह, दाइजो तथा अन्तरजातीय विवाहका कारणले भएको हत्याजस्ता घटनाका अपराधीलाई कानूनी दायरामा ल्याई जघन्य अपराधका प्रवृत्ति र पात्रहरूलाई निरुत्साहित गर्नुपर्ने रहेको छ । ऐन, कानून…