लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाद्वारा आज पनि संसद बैठक अवरुद्ध

काठमाडौं चैत, ३– राष्ट्रिय जनता पार्टी (राजपा) ले आज पनि संसद बैठक अवरुद्ध गरेको छ । आइतबार अपरान्ह संसद बैठक सुरु हुनासाथ राजपाका सांसदहरुले उभिएर संसद अवरुद्ध गरेका हुन् । राजपाले पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा बनेको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने भन्दै बैठक अवरुद्ध गरेको हो । टीकापुरलगायत तराई मधेसमा भएका आन्दोलनको घटनाको छानबिन…