डोम परिवारका दुई घर डोजर लगाएर भत्काइयो, डोम परिवारका १८ जनाको बिचल्ली

१८ असोज, काठमाडौं– सिरहाको नरहा गाउँपालिका–३ चोहर्वाको ऐलानी जग्गामा ६० वर्षभन्दा बढी समयदेखि बस्दै आएका डोम परिवारका दुई घरमा डोजर लगाएर भत्काइएको छ । स्थानीय भरतराज शर्माले घर भत्काइदिएपछि निम्नवर्गीय डोम परिवारका १८ जनाको बिचल्ली भएको छ । शर्माले ‘मेरो जग्गा खाली गराउन अदालतको आदेश छ’ भन्दै १३ असोजमा डोजर लगाएर घर भत्काएपछि आफूहरूको बिचल्ली भएको ६५…