दैलेख पुस, ३०– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्र गुटउपगुट अन्त्य भएको बताएका छन् । सोमबार नेपाल प्रेस युनियन दैलेखको चौथोँ जिल्ला अधिवेनश उद्घाटन गर्दै उनले भने, ‘ऐतिहासिक महासमिति बैठकपछि गुटउपगुट अन्त्य भई पार्टी मजबुत बनेको छ ।’ उपसभापति निधिले महासमिति बैठकबाट एकताको सन्देशसहित विश्वमा उत्कृष्ठ र समावेशी विधान बनाउन सफल भएको उल्लेख गरे ।…