नेपालि कांग्रेसमा पदाधिकारि मनोनित, केन्द्रीय समिती बहुमतले गर्यो निर्णय

काठमाडौँ — वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विरोधबीच सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी मनोनयन गरेका छन् ।निर्वाचित केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकमा सभापति देउवाले प्रस्ताव गरेको मनोनयन प्रस्ताव पारित भएको छ । उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशरण महतलाई मनोनयन गरिएको छ । विधान अनुसार सभापतिले मनोनयन प्रस्ताव राख्ने र निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गर्नुपर्छ ।…