झापाको पूर्वोत्तर क्षेत्र बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट आउने जङ्गली हात्तीका कारण हैरान छन् । बेलुका छ बज्न नपाउँदै हात्तीको बथान मेची नदी तरेर नेपाल प्रवेश गर्ने र किसानको पाक्न लागेको धान बालीमा रात बिताउने गर्छ । हरियो हुन थालेदेखि रातभर गोठालो लागेर धान जोगाएका किसानले पाकेपछि जोगाउन नसकेको बताए । मेचीनगर–४ मिलन चोकमा १५० बिघा…