वम विस्फोटको जिम्मेवारी विप्लव नेकपाले लियो

डडेल्धुराको एक सरकारी कार्यालयमा बम विष्फोट गरेर क्षति गरेको घटनामा सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिम्मा लिएको छ। सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्र्तगतको पूर्वाधार विकास कार्यालय डडेल्धुरामा आइतबार मध्यरातमा बम विष्फोट गराइएको थियो।पार्टी जिल्ला सेक्रेटरी विजयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै विष्फोट आफूहरूले गराएको जानकारी दिएका हुन्। ‘विप्लव’ समूहले उक्त…