डडेल्धुरा, डडेल्धुरा जिल्लाबाट अवैधरुपमा तस्करी गर्न लागिएको १४ गाईसहितको मिनीट्रक र चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ र अमरगढी नगरपालिकाबाट अवैधरुपमा तस्करी गरी मुगु पुर्याउन लागिएका सयौँ सङ्ख्याका गाईमध्ये १४ गाईसहितको से १ क ३०८ नम्बरको मिनीट्रक र त्यसका चालक प्रकाश थापा तथा सुरेन्द्र चन्दलाई उक्त नगरपालिका–५ स्थित तुफानडाँडाबाट प्रहरी निरीक्षक वीरेन्द्रबहादुर…