काठमाडौं जेठ, २०– स्वास्थ्यमा समस्या देखिएपछि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना भएका छन् । मुख्यमन्त्री पौडल मुटुमा समस्या देखिएपछि आइतबार काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा भर्ना भएका हुन् । उनकोे सचिवालयले जनाए अनुसार नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार अस्पताल गएका पौडेल चिकित्सकको सल्लाह बमोजिम अस्पताल भर्ना भएका हुन् । चिकित्सकले…