असोज ८ बुधवार, खोटाङ - कांग्रेस महामन्त्री डा. शशांक कोईरालाले मुलुकमा भ्रष्टाचार चरम सिमामा पुगेको बताएका छन् । नेपाल प्रेस यूनियन खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोईरालाले हरेक क्षेत्रमा भ्रष्टाचारले सिमा नाघेको बताएका हुन् । ‘हरेक क्षेत्रमा भ्रष्टाचार छ , तिनै तहको सरकारमा यति धेरै भ्रष्टाचार छ , भ्रष्टाचार देशका लागि अत्यान्तै…