सन्दीपलाई खेलमा फर्काउने क्यानको निर्णय गलत : गगन थापा

२०७९ माघ २० शुक्रबार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले अदालतमा विचाराधीन मुद्दाका अभियुक्त सन्दीप लामिछानेको नेपाल क्रिकेट संघ क्यानले निलम्बन फुकुवा गर्नु गलत भएको बताएका छन् । सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले ‘बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न’, भनेका छन् ।…