बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेशको सहआयोजनामा बिहीबारबाट गोरखा क्याम्पसमा प्रतियोगिता सुरु भएको हो । सात प्रदेश, एनआरएनए, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ११ टिमबाट तीन पुरुष र तीन महिलाले प्रतियोगितामा सहभागिता जनाएका छन् ।…