नेपथ्यको कन्सर्ट जानुका पछाडि दर्शकहरुको एउटै उद्देश्य हुनेगर्छ, आफ्नो प्रिय लोकरक ब्याण्डको संगीत सुनेर रमाउनु । तर, फागुन १७ गते शनिबार ९भोलि० काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने कन्सर्टका सहभागीहरुले नेपथ्यसँग रमाइलो मात्र गर्ने छैनन् । बरु, भूकम्पले भत्किएपछि अहिलेसम्मै निर्माणाधिन अवस्थामा रहेको दोलखाको एउटा सरकारी स्कुल त्यहि टिकटको पैसाले उभिने छ । सम्पूर्ण रकम विद्यालय…