सीमा मिचिँएकोमा स्रष्टा तथा कलाकारहरु आक्रोशित

काठ्माण्डौ- नेपाल सांस्कृतिक सङ्घ र नेपाल नेपाली लेखक सङ्घले संयुक्त रूपमा एक विज्ञप्ति प्रकाशित गरी हालै भारत सरकारले सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूभाग समावेश गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भारतले नेपालको अविभाज्य भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई बलमिच्याइँ गरेर आफ्नो नक्सामा पारेकोमा घोर आपत्ति प्रकट गर्दै सार्वभौम राष्ट्रको सीमामाथि गरिएको अतिक्रमण कुनै…