पछिल्लो २४ घण्टामा २५ सय ७१ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २५ सय ७१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ९७ हजार २४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर १८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १२६ पुगेको छ…