काठमाडौँ । भारतको मुम्बईमा मंगलबार एक कोरोना संक्रमितको मृत्यु भएको समाचार आएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेका संख्या १० पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच प्राप्त पछिल्लो समाचारमा भारतमा ५ सय ११ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४१ जना विदेशी र अरु सबै भारतीय नागरिक रहेका बताइएको छ ।…