काठ्माण्डौ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बाेधन गर्ने भएका छन्। प्रतिनिधिसभाको बैठकमा १ बजे सम्बाेधन गर्ने पूर्वनिर्धारित कार्यसूचीलाई २ घन्टा पर सारिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। संघीय संसदको हिउँदे अधिवेशन आज सकिँदैछ।