पढाउने मिसबाटै कुटिएका ८ वर्षीय राजु अस्पताल भर्ना

काठमाडौं चैत, ११– मिसको कुटाइबाट घाइते ८ वर्षीय राजु बुढाथोकी अस्पताल भर्ना भएका छन्। गुल्मी रेसुंगा–९ मा बस्दै आएका उनी उपल्लो तम्घास माविमा यूकेजीमा अध्ययनरत छन्। उनलाई शिक्षिका सावित्रा आचार्यले चैत ४ गते कुटपिट गरेकी हुन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । कक्षामा प्रश्नको उत्तर दिन नसकेपछि मिसले पाइपले टाउकोमा हानेको राजुले बताए। उनलाई…