काठमाडौं–पूर्र्व भारतीय क्रिकेट टिमको कप्तान महेन्द्र सिंह धोनीलाई भारतको नागरिक तर्फ दिइने तेस्रो ठूलो सम्मान प्रदान गरिएको छ । धोनीले सोमबार राष्ट्रपति रामनाथ कोबिदबाट पद्म भुषण ग्रहण गरे । यो सम्मान उनको नेतृत्वमा भारतीय टिमले क्रिकेट वल्डकप जितेको सातौं वर्षगाठमा दिइएको हो । भारतले सात वर्ष अघि मुम्बईमा सम्पन्न भएको क्रिकेट विश्वकपको फाइनलमा श्रीलङ्गालाई हराएको…