काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास निर्माणका आयोजनामा हुने भ्रष्टाचार छानबिनलाई वैज्ञानिक र प्रभावकारी बनाउन सिभिल इन्जिनियरिङ प्रयोगशाला स्थापना गरेको छ । सार्वजनिक निर्माण, सडक र भवनलगायतको परीक्षणका लागि स्थापना गरिएकाले कुनै पनि आयोजनामा अनियमितता गर्ने व्यक्तिले अब उन्मुक्ति पाउन नसक्ने अख्तियारले जनाएको छ । अख्तियारले प्रयोगशालामा अनियमितताको आवाज उठेका र आशंकामा परेका सबैजसो…