प्रदेश १ मन्त्रिपरिषद बैठक : प्रदेश योजना आयोग गठन गर्ने लगायत एकै दिन बाह्र निर्णय

विराटनगर  कात्तिक, १४– प्रदेश १ मन्त्रिपरिषद बैठकले  प्रदेश योजना आयोग गठन गर्ने  र आयोगको उपाध्यक्षमा विराटनगर निवासी मानवअधिकारकर्मी सुवोधराज प्याकुरेल, सदस्यमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्ति गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश १ को सार्वजनिक खर्च मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका २०७५ तथा प्रदेशको आन्तरिक नियमावली कार्यविधि २०७५ लाई स्वीकृति दिने , सुनसरी जिल्लाको कोशी गाउँपालिकास्थित कोशी कटानक्षेत्र नियन्त्रण परियोजना…