देउवाले निकाले बिज्ञप्ति : अवैधानिक गतिविधि भए मूकदर्शक भएर बस्दिन

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीको लोभ नरहेको स्पष्ट पार्दै पार्टीलाई कमजोर र विभाजित बनाउने अवैधानिक गतिविधि भएमा मूकदर्शक भएर नबस्ने चेतावनी दिएका छन्। एक विशेष अपिल जारी गर्दै देउवाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिको हैसियतले विधिवत् रूपमा १५औँ महाधिवेशन गराई नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक…