१३ भदौ, काठमाडौं गत हप्ता शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियोको आधारमा सञ्चारकर्मी रवि लामिछानेसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको अभियोग लागेपछी मृत्युकालीन घोषणा कस्तो अवस्थाअलाई मान्ने भन्ने बहस सबैतिर शुरु भएको छ । मृत्युकालीन घोषणा केलाई मान्ने भन्ने विषय बहसमै रहेका बेला प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा समेत छलफल भएको छ ।…