प्यूठान जेठ, १७– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता वामदेव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिने चेतावनी दिएका छन् । नेकपाको सचिवालय सदस्य समेत रहेका गौतमले शुक्रबार प्रेस संगठन, प्यूठानले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले जे सहमति भएको हो, त्यो गर्नुपर्ने बताएका…