कञ्चनपुरमा बन्दाबन्दीका बेला भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता भएका छन् । भारतबाट फर्केकाहरु जिल्लाका नौवटै स्थानीय तहमा रहेका क्वारेन्टाइनमा १४ देखि २१ दिनसम्म बसेर घर फिर्ता भएका हुन् । क्वारेन्टाइनमा बस्दा खानपानको सम्पूर्ण व्यवस्था स्थानीय तहले मिलाएका थिए । क्वारेन्टाइनमा बस्नका लागि आउँदा सामान्य स्वास्थ्य जाँच गरिएकालाई आरडिटी परीक्षणपश्चात घर…