जनकपुरका मेयर साहले आफ्नै कार्यकक्षमा पत्रकार कुटाए

जनकपुरधाम - जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले आफ्नै कार्यकक्षमा पत्रकारलाई कुटाएका छन् । जानकी मन्दिर अतिक्रमण सन्दर्भमा सूचना माग्न गएका पत्रकारहरुलाई मेयर साहले आफ्ना कार्यकक्षमै कुटपिट गराएका हुन् । जानकी मन्दिरको फूलबारी अतिक्रमण सम्बन्धी बाईट र सूचना लिनका लागि नगरपालिका पुगेका सँचारकर्मीहरुलाई मेयरकै ईसारामा कुटपिट गरिएको हो । मेयर साहको कार्यकक्षमा बसेका उनका समर्थक तथा…