बैशाख १४,रौतहट- नेपाली कांग्रेस रौतहटले रौतहटको राजपुर फरहदमा आज एक बिशाल जनसभा सम्पन्न गरेको छ ।जनसभालाई कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल ,कांग्रेस महामन्त्री शशाङ्क कोइराला लगायत शिर्ष नेताहरुले सम्बोधन गरेका छन । आमसभालाई सम्बोधन गर्दै बरीष्ट नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकारले बिपी कोइराला, गणेशमान, गिरिजाबाबु, मनमोहन सिंहजस्ता देशका नेताहरुले भाषण गरेको ठाँउ जनाताको सम्पति,लोकतन्त्रको पर्याय खुलामञ्च…