मोरङ चैत, १३– मोरङको सुकुना बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)का विद्यार्थीको आक्रमणबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थी घाइते भएका छन् । बुधबार शिक्षकहरूले लिएको दोहोरो सुविधाको विरोध गर्दै नेविसंघको शान्तिपूर्ण आन्दोलनमा अनेरास्ववियूका विद्यार्थीले आक्रमण गरेको नेविसंघले जनाएको छ । नेविसंघ सुकुना बहुमुखी क्याम्पस एकाई समितिले निकालेको बिरोध जुलुसमाथि अखिलका विद्यार्थीहरुले आक्रमण…