काठ्माण्डौ- नेपालको बैङ्किङ क्षेत्रमा द्रुत गतिमा अघाडी बढीरहेको ग्लोबल आइएमई बैंकले कायम मुकायम सिइओ (प्रमुख कार्यकारी अधिकृत) मा महेशप्रसाद ढकाल नियुक्त गरेको छ। बैंकका सिइओ जनक शर्मा पौड्यालले राजीनामा दिएपछि ढकाल नियुक्त भएका हुन्। मेगा बैंकबाट तीन महिनाअगाडि मात्रै ग्लोबल आइएमई बैंकमा डेपुटी सिइओका रुपमा भित्रिएका ढकाललाई बैंक सञ्चालक समितिले कामु सिइओमा बढुवा गरेको हो।…