काठमाडौं पुस, ४– नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या देखिएको छ । टेलिकमको जीएसएम, ल्याण्डलाइनसहित सबै प्रकारका टेलिफोनमा फोन नलाग्ने समस्या देखिएसँगै लाखौं सेवाग्राही प्रभावित भएका छन् । उता टेलिकमका प्राविधिकहरुले पनि नेटवर्कमा समस्या देखिएको बताएका छन् । पर्याप्त जनशक्ती र भौतिक पूर्वधार हुँदा पनि पनि नेपाल टेलिकमको सेवामा पटक–पटक यस्तो समस्या देखिने गरेको छ ।…