१५ कात्तिक, काठमाडौं– संघीय संसद् सचिवालयले पदाधिकारी र समिति सभापतिलाई महँगा गाडी किन्न सरकारसँग करोडौं रकम मागेको छ । चढिरहेका गाडी पुराना भएको भन्दै उसले अर्थ मन्त्रालयमा बजेट मागको प्रस्ताव पठाएको हो । सचिवालयले वार्षिक बजेटभन्दा बाहिरबाट रकम मागी गाडी, मोटरसाइकल र कम्युटर खरिद गर्न लागेको हो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।…