काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् । विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा)ले उत्साहजनक मतपरिणाम ल्याएपछि ओलीले मोदीलाई ट्वीटरमार्फत बधाई दिएका हुन् । ‘लोकसभा निर्वाचनमा उत्साहजनक नतिजा हासिल भएकोमा म प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक बधाई दिन चाहन्छु’, ओलीले ट्वीटमा भनेका छन्, ‘पूर्ण सफलताका साथै आगामी दिनमा तपाईँसँग…