काठमाडौं कात्तिक, १२– नेपाली कांग्रेसले यस बर्षको बडा दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदानका लागि कात्तिक १६ गते शुक्रबार पार्टी कार्यालय सानेपामा भब्य चियापान समारोहको आयोजना गरेको छ । पार्टीका संस्थापक नेता जननायक बीपी कोइरालाले २०३३ सालम राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि बडा दशैंको पूर्णिमाको भोलिपल्ट चियापान कार्यक्रम गर्ने परम्परा सुरु…