काठमाडौं । झण्डै १ महिने थाइल्याण्ड बसाईपछि पूर्वराजा ज्ञानेन्द्र शाह नेपाल फर्किएका छन् । पारिवारिक भ्रमणमा रहेका पूर्वराजा शाहसँगै पत्नी कोमल शाह पनि सोमबार स्वदेश फर्किएकी हुन् । उनीहरु गएको जेठ पहिलो हप्ता थाइल्याण्ड गएका थिए । उनीहरु थाइल्याण्डमा रहेकी नातिनी पूर्णिका अध्ययनरत विद्यालयले आयोजना गरेको उच्च शिक्षा सम्बन्धी कार्यक्रममा सहभागी हुन गएको पूर्वराजा निकट…