मनाङमा निरन्तर हिमपात, चौँरी मर्न थालेपछि किसान चिन्तित

मनाङ फागुन, १५– निरन्तरको हिमपातले मनाङमा चौँरी मर्न थालेपछि किसान चिन्तित बनेका छन् । जिल्लामा रहेका कतिपय चौंरीगोठ हिउँले पुरिएका छन् भने हिमपात खप्न नसकेर भाग्ने क्रममा पति उत्तिकै चौंरी मरेका छन् । जिल्लाभरि करीब एक हजार ५०० देखि दुई हजार सङ्ख्यामा रहेका चौँरी के–कति कस्तो अवस्थामा छन् भन्ने यकिन तथ्याङ्क भने आएको छैन ।…