सुदुरपश्चिम प्रदेश सरकारले गरेको निर्णयको विपरित डडेलधुराका स्थानिय तहले देशका विभिन्न जिल्ला वाट आएकाहरुलाई होम क्वारेन्टीनमा वसाउन थालेका छन् । सुदुरपश्चिम प्रदेश सरकाले देशका अन्य स्थानवाट सुदुरपश्चिममा आउने लाई अनिवार्य क्वारेन्टीनमा वसाउनु पर्ने निर्णय गरेको थियो । डडेल्धुराका अमरगढी नगरपालीका र नवदुर्गा गाउँपालिकाले भने त्यसको विपरित काठमाण्डौ सहित विभिन्न जिल्ला वाट आएकाहरुलाई घरमा पठाएको छ…