काठमाडौं । कञ्चनपुरमा शिक्षकको कुटपिटबाट एक विद्यार्थीको ज्यान गएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयमा अध्यानरत माधव कलौनीको उपचारका क्रममा भारतमा मृत्यु भएको हो। उनलाई असार १३ गते तीन जना शिक्षकले कुटपिट गरेका थिए। शिक्षकको कुटपिटबाट भएका उनको छाती, टाउकोमा चोट लाग्नुका साथै दायाँ खुट्टा भाँचिएको थियो। कञ्चनपुरमा मामाको घरमा बसेर पढिरहेका…